निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार सजरुद्दीन मुसलमान ८,२११ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टी (जपा) उम्मेदवार चन्द्रकेश गुप्तालाई २,६१५ मतान्तरले पराजित गरेका हुन् । पराजित चन्द्रकेश गुप्ताले ५,५९६ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना हरिजन ६,१६९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार सबनम जहाँ शेषले ४,९०९ मत ल्याएकी छन् ।