जनमत पार्टी

यो राजनीतिक दल २०७५ साल चैत ४ गते स्थापना भएको हो । साढे तीन वर्षअघि खोलिएको यस दलको अध्यक्ष चन्द्रकान्त (सीके) राउत हुन् ।

मधेसलाई नेपालबाट अलग्याएर छुट्टै मधेस देश बनाउने भन्दै पृथकतावादी आन्दोलन चलाइरहेका राउतसित तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको सरकारसँग २०७५ साल फागुन २४ गते ११ बुँदे सहमित गरेसँगै मूलधारको राजनीतिमा आएको हो ।

यसपछि जनमत पार्टीबाट राजनीतिक गतिविधि गर्दै आएका छन् । मधेसको अधिकार स्थापना गर्ने उद्देश्यले स्थापित यस दलको मुख्य आधार इलाका पनि मधेस क्षेत्र नै हो । २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष राउतको गृह जिल्ला सप्तरीका २ वटा स्थानीय तहमा जनमत पार्टी विजयी भएको थियो ।

यस दलको चुनाव चिन्ह 'माइक' रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा
सप्तरी
निर्वाचन क्षेत्र उम्मेदवार
-
चन्द्रकान्त (सीके) राउत निर्वाचित
-
उम्मेदवार (क) उम्मेदवार (ख)
- सकिल मियाँ निर्वाचित
सतिशकुमार सिंह निर्वाचित महेशप्रसाद यादव निर्वाचित
- शम्भुकुमार साह निर्वाचित
सिरहा
निर्वाचन क्षेत्र उम्मेदवार
-
-
उम्मेदवार (क) उम्मेदवार (ख)
संजयकुमार यादव निर्वाचित -
त्रिभुवन साह निर्वाचित -
रुपन्देही
निर्वाचन क्षेत्र उम्मेदवार
-
उम्मेदवार (क) उम्मेदवार (ख)
- चन्द्र केश गुप्‍ता निर्वाचित