लोकतान्त्रिक समाजवादी पार्टी

२०६३ सालको हिउँदको मधेस विद्रोहका बेला महन्थ ठाकुर मन्त्री थिए । जनआन्दोन–२ को सफलतापछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । कोइराला मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री थिए महन्थ । मधेसका वरिष्ठ कांग्रेस नेता महन्थले ०६४ सालको संविधानसभा निर्वाचनअघि मन्त्रीबाट राजीनामा मात्रै गरेनन्, नेपाली कांग्रेस पनि त्यागे । र, मधेसमा आधारित राजनीति गर्ने उद्देश्यले तराई–मधेस–लोकतान्त्रिक पार्टी/तमलोपा गठन गरी संविधानसभामा भाग लिए ।

पछि सद्भावना पार्टीका विभिन्न घटकहरूसित मिलेर राष्ट्रिय जनता पार्टी÷राजपाको स्थापना भएपछि त्यसको अध्यक्ष मण्डलमा पनि महन्थ रहे । वास्तवमा, राजपाको अध्यक्ष मण्डलमा मधेस केन्द्रित ६ दल भए पनि त्यसको नेतृत्वचाहिँ सबैले पाका नेता महन्थलाई नै माने ।

२०७७ सालमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) बन्यो । त्यसको एकवर्षपछि महन्थहरू निस्केर अलग्गै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । यसको अध्यक्ष महन्थ ठाकुर हुन् भने चुनाव चिन्ह ‘साइकल’ हो ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा
पर्सा
निर्वाचन क्षेत्र उम्मेदवार
-
उम्मेदवार (क) उम्मेदवार (ख)
- रमेशप्रसाद कुर्मी निर्वाचित
बारा
निर्वाचन क्षेत्र उम्मेदवार
-
उम्मेदवार (क) उम्मेदवार (ख)
- जितेन्द्रप्रसाद सोनार निर्वाचित
महोत्तरी
निर्वाचन क्षेत्र उम्मेदवार
शरतसिंह भण्डारी निर्वाचित
महन्थ ठाकुर निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
जयनुल राईन निर्वाचित -
अभिराम शर्मा निर्वाचित रानीकुमारी तीवारी निर्वाचित
सर्लाही
निर्वाचन क्षेत्र उम्मेदवार
रामप्रकाश चौधरी निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
उपेन्द्र महतो निर्वाचित -
सिरहा
निर्वाचन क्षेत्र उम्मेदवार
-
उम्मेदवार (क) उम्मेदवार (ख)
- राम वावु यादव निर्वाचित
रुपन्देही
निर्वाचन क्षेत्र उम्मेदवार
-
सर्वेन्द्रनाथ शुक्ला निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
सन्‍तोषकुमार पाण्‍डेय निर्वाचित -
कन्हैया बनिया निर्वाचित -