राजनीतिक आबद्धता
२०१६ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय । तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म । तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना र आबद्धता । २०७४ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन । राजपा नेपालको अध्यक्ष मण्डलको सदस्य । २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टी गठन । लोसपाको केन्द्रीय अध्यक्ष ।
संसदीय यात्रा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ तथा मध्यावधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित । संविधानसभा सदस्य २०६४ मा मनोनीत सदस्य भई संविधान निर्माणमा भूमिका निर्वाह । संघीय संसद्
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा महोत्तरी ३ बाट निर्वाचित ।
विशेष जिम्मेवारी
प्रतिनिधिसभा उपसभामुख २०४८ असार १६ गते देखि २०५१ असोजसम्म ।
कार्यकारी जिम्मेवारी
अन्तरिम सरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत, बन्दी तथा जेल जीवन । निर्वासनका क्रममा पनि जेल जीवन ।