जेष्ठ ३, २०७९
काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् । मुलुकभर स्थानीय तहको मतगणना भइरहँदा राप्रपाबाट नापित पहिलो निर्वाचित मेयर बनेका छन् ।
जेष्ठ ३, २०७९
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका जुनचन्द्र रोकाया र उपप्रमुखमा एमालेकै उम्मेदवार देवी घर्ती विजयी भइन् ।
जेष्ठ ३, २०७९
मुचुल्कामा लेखिएको भन्दा ६ वटा मतपत्र बढी भेटिएपछि सिन्धुलीको मरिण गाउँपालिकाको मतगणना रोकिएको छ ।
जेष्ठ ३, २०७९
माओवादी केन्द्रले ककनी गाउँपालिकामा आफ्नो वर्चश्व कायम राखेर अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।
जेष्ठ ३, २०७९
बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा एमालेका चक्रबहादुर कार्की विजयी भएका हुन् । कार्कीले ४ हजार ९ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका देवराज जोशीले ४ हजार ९१ मत ल्याए ।
जेष्ठ ३, २०७९
भरतपुर महानगरपालिकाको पाँचवटा वडाको २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ३७३ मत बढी ल्याएकी छिन् ।
जेष्ठ ३, २०७९
जिल्लाको कालिमाटी गाउँपालिकामा अध्यक्षमा एमालेका दानबहादुर खत्री विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सहनसिलता ओली विजयी भइन् ।
जेष्ठ ३, २०७९
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् । १५ हजारभन्दा बढी मत गणना हुँदा महर्जनले ८५३४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन् ।
जेष्ठ ३, २०७९
माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेबे पालिका प्रमुखमा निर्वाचित भएका छन् । थेबेले ५ हजार १ सय ३५ मत प्राप्त गरेका छन् । प्रतिद्वन्दी गठबन्धनबाट एकीकृत समाजवादीका जीतबहादुर राईले ४ हजार ९१३ मत प्राप्त गरेका छन् ।
जेष्ठ ३, २०७९
लिखु गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार ध्रुव श्रेष्ठ ४ हजार ६७ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मेघनारायण श्रेष्ठलाई १ हजार ४ सय ५१ मतान्तरले पराजित गरेका हुन् ।
जेष्ठ ३, २०७९
रामेछाप नगरपालिकामा अधिकांश वडासहित कांग्रेसले विजय हासिल गरेको छ । मेयरमा कांग्रेसका लबश्री न्यौपानेले एमालेका रोशन पाख्रिनलाई हराएका हुन् ।
जेष्ठ ३, २०७९
जिल्लाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका दिपेश चौधरी नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेसका प्रमुखका उम्मेदवार दिपक जंग शाहलाई ४७ मत अन्तरले हराए ।
जेष्ठ ३, २०७९
मधुवन नगरपालिकामा कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका तेजबहादुर भाट निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्मालाई ८ सय ४४ मतान्तरले पराजित गरेका छन् ।
जेष्ठ ३, २०७९
लिखु गाउँपालिकामा नेपाली कांग्रेसका अशोककुमार कार्की अध्यक्ष पदमा विजयी भएका छन् । उनले ३ हजार ७ सय ७६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिलनकुमार विष्टले ३ हजार ४ सय ९२ मत पाए ।
जेष्ठ ३, २०७९
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जेष्ठ ३, २०७९
देबचुली नगरपालिकाको मेयरमा एमालेका हरिप्रसाद न्यौपाने विजयी भएका छन् । उनले १० हजार ८०८ मत प्राप्त गरे ।
जेष्ठ ३, २०७९
मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् । एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरिन् ।
जेष्ठ ३, २०७९
हेटौंडा उपमहानगरपालिकामा राप्रपाले पुन: अग्रता लिएको छ । मंगलबार साँझ ७ बजेसम्म २७ हजार ४६२ मत गणनाहुादा राप्रपा अगाडि बढेको हो । राप्रपा ४८ मतले अगाडि रहेको छ ।
जेष्ठ ३, २०७९
जाजरकोटको छेडागाड नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का ९ हजार १ सय ७३ मत ल्याएर निर्वाचित भएका हुन् ।
जेष्ठ ३, २०७९
भेरी नगरपालिका प्रमुखमा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका चन्द्रप्रकाश घर्ती निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का गगनबहादुर खड्कालाई ८ सय ७९ मतले पराजित गर्दै घर्ती नगर प्रमुखमा विजयी भएका हुन् ।