राजनीतिक आबद्धता
२०२५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ । २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय । तत्कालीन नेकपा मालेको लुम्बिनी प्रमुख २०४६ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष २०४७ । २०४७ मा नेकपा एमालेको स्थायी कमिटी सदस्य । एमाले अध्यक्ष २०७१ । एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (ने कपा) को अध्यक्ष २०७५ । हाल नेकपा एमालेको अध्यक्ष ।