राजनीतिक आबद्धता
२०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिको सुरुवात । योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य २०५१ । नेकपा (माओवादी) को केन्दीय सदस्य २०५७ । अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, २०५३ सालदेखि २०५८ सालसम्म । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा केन्द्रीय सदस्य २०७५ । माओवादी स्थायी कमिटी सदस्य २०७९ ।
संसदीय यात्रा
संविधानसभा सदस्य निर्वाचन २०७० माओवादी केन्द्रका तर्फबाट समानुपातिक सदस्य निर्वाचित । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित ।
विशेष जिम्मेवारी
सामान्य प्रशासन मन्त्री २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म ।माओवादी केन्द्रको संविधानसभा संसदीय दलको सचेतक २०७० । रुपान्तरित व्यवस्थापिकामा माओवादी केन्द्रको प्रमुख सचेतक २०७२ ।
राजनीतिक घटनाक्रम
सशस्त्र द्धन्द्धको समयमा २०५८ साल चैतदेखि २०५९ चैतसम्म
एक वर्ष सैनिक हिरासतमा ।