राजनीतिक आबद्धता
नेकपा एमाले स्थायी कमिटी सदस्य ।
विशेष जिम्मेवारी
विशेष ज्ञान र अनुभव
– २०६५ सालदेखि नेपालको शान्ति प्रक्रियामा सक्रिय सहभागी
– २०६५ सालदेखि नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) को अध्यक्ष
– २०५९/०६२ मा ‘नीति अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरएडी) मा अनुसन्धाता
– २०५८/०५९ मा ‘नीत अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरडी) मा अनुसन्धान परामर्शदाता
– २०६१/०६२ मा ‘फ्रेन्ड्स फर पिस’ (एफएफपी), काठमाडौँमा अनुसन्धान परामर्शदाता
- २०७७ फागुनमा नेपाल सरकारद्वारा गठित वार्ता टोलीका सदस्य
कार्यकारी जिम्मेवारी
– २०६६/०६७ मा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार
- २०७४ सालमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका परराष्ट्र सल्लाहकार
राजनीतिक घटनाक्रम
राजनीतिक यात्रा
– पद्मोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा २०३५/०३६ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरूबाट त्यस सङ्गठनप्रति आकर्षित भएको
– २०३७/०३८ सालमा पद्मोदय माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष
– २०३९ सालमा अनेरास्ववियुको काठमाडौँ नगर विद्यालय कमिटीको सदस्य
– २०४० सालमा अनेरास्ववियुको काठमाडौँ नगर विद्यालय कमिटीको सचिव
– २०४० सालदेखि नेकपा (माले) सँग पार्टी सम्पर्क भई काठमाडौँको पूर्वी क्षेत्रमा भूमिगत काममा सहयोग
– २०४१ सालमा अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटी सदस्य
– २०४२ सालमा अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटी सदस्यको जिम्मेवारीका साथै अनेरास्ववियु काठमाडौँ जिल्लाको पूर्वी इलाका अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको
– २०४३ सालमा अनेरास्ववियु काठमाडौँ जिल्ला सहसचिव
– २०४४ सालमा अनेरास्ववियु काठमाडौँ जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक
– २०४४ सालमा अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य
– २०४६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीको सचिव
– २०४६ सालदेखि २०५० सालसम्म नेकपा (एमाले) को विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य
– २०४८/०४९ सालमा अनेरास्ववियुको विदेश विभाग प्रमुख
– २०४९ देखि २०५३ सालसम्म ‘एसियन स्टुडेन्ट एसोसिएसन’ (आसा) को सह–महासचिव
– २०५० देखि २०५३ सालसम्म नेकपा (एमाले) को पूर्वी तथा दक्षिण पूर्वी एसिया जिल्ला कमिटीको सचिव
– २०५३ देखि २०५८ सम्म नेकपा (एमाले) विदेश विभागको सचिव
– २०५४ देखि २०५८ सम्म नेकपा (एमाले) उपत्यका समन्वय कमिटीको सदस्य तथा सोही कमिटीको प्रचार विभाग प्रमुख
– २०६० देखि २०६२ सालसम्म पुनः नेकपा (एमाले) विदेश विभागको सचिव
– २०६४ सालदेखि हालसम्म नेकपा (एमाले) को विदेश विभागको सदस्य
– २०६९ सालमा नेकपा (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य
– २०७१ सालमा नवौँ महाधिवेशनबाट नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा निर्वाचित
– २०७८ सालमा सम्पन्न दशौँ महाधिवेशनपश्चात् नेकपा (एमाले) को स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख र प्रवास इन्चार्ज
गिरफ्तारी/मुद्दा/जेल
– विद्यार्थी कालमा पहिलो पटक २०३९/०४० सालमा गिरफ्तारीमा परेको
– त्यसपछि २०४० सालदेखि २०४६ सालका बिचमा बाह्र पटक गिरफ्तारीमा परेको
– २०४२ सालमा ८ महिना जेल सजाय
– २०४४ सालमा ४ महिना जेल सजाय
– विद्यार्थी कालमै निरङ्कुश पञ्चायती सरकारले २ वटा राजकाज मुद्दा लगाएको
– २०४६ सालको संयुक्त जनआन्दोलनमा उपत्यकामा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन नेतृत्वकारी भूमिका खेलेको
– २०६२/०६३ को जनआन्दोलनका पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेलेको