राजनीतिक आबद्धता
२०१७ साल पुस १ गते निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको निर्वाचित सरकार विघटन गरेर पञ्चायतको सुरुवात भएपछि राजनीतिमा सक्रिय । २०२८ मा कांग्रेसको विद्यार्थी संगठन नेविसंघको प्रथम सभापति । कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्व । नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन र सभापतिका रुपमा २०५९ सालदेखि पाँच वर्ष नेतृत्व । २०६४ मा पुनः कांग्रेससँग एकीकरणपछि वरिष्ठ नेताको स्थान । २०७२ को १३औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति निर्वाचित । २०७८ मा कांग्रेसको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित ।