राजनीतिक आबद्धता
२०२३ सालमा (मेची) विद्यार्थी युनियनको अध्यक्ष हुँदै राजनीतिमा आबद्ध । २०२५ सालमा पार्टी पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा ३३ वर्षको उमेरमा नेकपा-मालेको महासचिव । २०४७ मा नेकपा-एमाले स्थायी समिति सदस्य । एमाले को पाँचौँ, छैठौँ र सातौँ महाधिवेशनसम्म लगातार पोलिटब्यूरो सदस्य र स्थायी समितिमा आबद्ध । एमाले कार्यवाहक महासचिव २०६५ । २०६६ को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्य २०७५ । हाल नेकपा एकीकृत समाजवादी पार्टीको नेता ।
संसदीय यात्रा
२०४८ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित । २०५१ को मध्यावधि निर्वाचनमा पनि इलामबाटै निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०६४ मा इलामबाट निर्वाचित भएर संविधानसभा/संसदीय दलको नेता । २०७० को संविधानसभामा पनि इलाम १ बाटै निर्वाचित । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा इलाम १ बाट निर्वाचित ।
विशेष जिम्मेवारी
एमाले संविधानसभा संसदीय दलको नेता, २०६५
कार्यकारी जिम्मेवारी
प्रधानमन्त्री २०६७ माघ २० ( ६ महिनाको कार्यकाल) । कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरणमन्त्री, २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकार । सूचना तथा सञ्चारमन्त्री, २०५३ ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन । सात वर्षसम्म जेल ।