शंकर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी, दाङ ।
हालको ठेगाना :
तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमे, दाङ र काठमाडौं कोटेश्वर ।
जन्ममिति :
२०१९ फागुन १५ ग
जन्मस्थान :
दाङ
बाबु :
केशवराज शर्मा
आमा :
तिलकादेवी शर्मा
पारिवारिक विवरण :
श्रीमती सुजिता शाक्य । दुई छोरी
शिक्षा :
स्नातकोत्तर (एमबीए)
निर्वाचन प्रणाली :
प्रत्यक्ष
राजनीतिअघिको पेसा :
विद्यार्थीदेखि नै राजनीतिमा । सम्भावना र अवसर : विद्यार्थीकालदेखि निरन्तर राजनीतिमा रहेकाले उनको राजनीतिक सम्भावना राम्रो देखिन्छ । उनले पार्टीलाई आफ्नो भिजन अनुसार अघि बढाउन सक्छन् । २०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा संविधानसभामार्फत निकास खोजी मुलुकलाई गणतन्त्रतर्फ लैजानुपर्छ भन्ने प्रस्ताव गरेका थिए । त्यतिबेला उक्त प्रस्ताव पारित नभए पनि अन्तत: पार्टी त्यही धारमा मोडियो । २०६० मा ‘संंविधानसभा, राज्यको पुन:संरचना र समावेशी लोकतन्त्र’ नामक पुस्तक प्रकाशन गरेर संघीयता र राज्यको पुनर्संरचनासम्बन्धी आफ्नो धारणा सार्वजनिक गरे । उनी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन् । आजसम्मको उनको गति हेर्दा राजनीतिक जीवनमा पार्टी र देशको नेतृत्व गर्ने सम्भावना र अवसर छ ।
शंकर पोखरेल

अन्य उम्मेदवार