गैडाकोट नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार मदन भक्त अधिकारी १३,८६८ मतका साथ अग्रस्थानमा छन् । अधिकारीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का छत्रराज पौडेलले ११,७०५ मत ल्याएका छन् ।
गैडाकोट नगरपालिका नवलपरासी(पूर्व) जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ८०,७३७ रहेको छ भने कुल मतदाता संख्या ४७,७१५ रहेको छ । जसमा २२,६३६ पुरुष र २५,०७९ महिला रहेका छन् । यस नगरपालिकामा १८ वडा छन् ।