गोदावरी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गम्भिरबहादुर राना ९,४७६ मतका साथ अग्रस्थानमा छन् । रानालाई पछ्याइरहेका नेपाली कांग्रेसका गजेन्द्र महर्जनले ८,६६१ मत ल्याएका छन् ।
गोदावरी नगरपालिका ललितपुर जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या १,००,९७२ रहेको छ भने कुल मतदाता संख्या ५४,३९९ रहेको छ । जसमा २६,६२९ पुरुष र २७,७६९ महिला रहेका छन् । यस नगरपालिकामा १४ वडा छन् ।