माडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार ताराकुमारी काजी महतो २,८२९ मतका साथ अग्रस्थानमा छन् । महतोलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ऋषिराम काफ्लेले २,१०१ मत ल्याएका छन् ।
माडी नगरपालिका चितवन जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ३८,५५० रहेको छ भने कुल मतदाता संख्या २८,३२० रहेको छ । जसमा १३,७५८ पुरुष र १४,५६२ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।