राजनीतिक आबद्धता
२०३४सालमा अनेरास्ववियु प्रारीम्भक कमिटी सदस्य हुँदै राजनीतिमा आबद्ध । २०३९ सालमा पार्टी सदस्यता प्राप्त गरी राजनीतिमा सक्रिय । २०४० सालमा अञ्चल कमिटी सदस्य, २०४४ सालमा नेकपा वर्मा समूहको राष्ट्रिय परिषद्को सदस्य,२०४७ सालदेखि नेकपा जिल्ला कमिटी सुनसरीको सचिवालय सदस्य । २०७५ मा काठमाडौंमा सम्पन्न एमालेको नवौं महाधिवेशन र चितवनमा सम्पन्न दसौं महाधिवेशनसम्म लगातार केन्द्रीय सदस्य २०७८ । हाल सुनसरी इन्चार्ज ।
संसदीय यात्रा
२०५१ को मध्यावधि निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग सुनसरीबाट पराजित । २०५३ को मध्यावधि उपनिर्वाचनमा सुनसरी ५ बाट निर्वाचित । २०५६ को चुनावमा सप्तरीबाट पराजित । २०७० को संविधानसभामा सुनसरीबाट पराजित । प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा सुनसरी क्षेत्र नम्बर ४ क बाट निर्वाचित ।
कार्यकारी जिम्मेवारी
प्रदेश उद्योग,पर्यटन,वन मन्त्री २०७४ साल फागुन ३ गते (३ वर्ष ५ महिनाको कार्यकाल)
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनको क्रममा १ वर्ष भूमिगत जीवन,२०४२ सालको सिंहदरबार बम काण्डमा सहभागी भएको आरोपमा दुई महिना प्रहरी हिरासतमा ।