राजनीतिक आबद्धता
२०२४ सालदेखि राजनीति सुरु । २०२४ मा मुलुकभरिबाट मत पाएर नेपाल युवक संगठनको केन्द्रीय सदस्य निर्वाचित । २०४७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरी राजनीति सुरु । २०७८ पुसमा नेकपा एमालेमा प्रवेश । अहिले पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य । मजदुर र कृषकको अधिकारका लागि काम । २०५१ सालमा कांग्रेस आबद्ध नेपाल किसान संघको केन्द्रीय सचिव । २०२५ सालमा परासीमा धनही (धान बाली लगाएबापत दिनु पर्ने कर) घटाउनु पर्ने भन्दै आन्दोलनको नेतृत्व । प्रहरी धरपकड र गोली प्रहार । आन्दोलनले धनही घटाएको । त्यस्तै २०५६ मा कपिलवस्तुमा मोहीको हक अधिकारको स्वामित्व २५ बाट बढाएर ५० प्रतिशत दिलाउन सुरु भएको आन्दोलनको नेतृत्व । कृष्णनगरमा बिडी मजदुर आन्दोलन चलाएर पारिश्रमिक वृद्धि ।