राजनीतिक आबद्धता
राल्फा आन्दोलनबाट प्रभावित भई विद्यार्थी राजनितीमा प्रवेश । २०३२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय सहभागी । २०३७ सालदेखि पूर्णकालीन राजनीतिमा आबद्ध । अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०४१ र २०४३ सालमा गरी दुई कार्यकाल केन्द्रीय अध्यक्षको भूमिकामा काम गरेको । नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशनबाट २०४३ मा केन्द्रीय सदस्य चयन ।
वाममोर्चाको केन्द्रीय सदस्य २०४६, जनमोर्चा नेपालमा २०५९ मा केन्द्रीय सचिवाल सदस्य । २०६३ मा जनमोर्चाको केन्द्रीय उपाध्यक्ष । जनमोर्चा माओवादीसँग एकीकृत भएपछि पार्टीका विभिन्न भूमिकामा रही काम गरेको । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सदस्य । हाल माओवादी केन्द्रमा आबद्ध ।