राजनीतिक आबद्धता
२०४१ देखि नेकपा (मशाल)को पार्टी सदस्यता प्राप्त । २०४७ मा नेकपा (मशाल)को चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व । २०४८ मा नेकपा (मशाल)को जिल्ला कमिटीमा मनोनीत । २०४८ मा सम्पन्न नेकपा (मशाल)को एकता जिल्ला सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित भई एकता महाधिवेशमा प्रतिनिधि छनोट । २०४८ मा संयुक्त जनमोर्चा रूकुमको सचिव ।
२०५४ देखि २०५७ सम्म नेकपा (माओवादी) रुकुम जिल्ला सेक्रेटरी । २०५७ मा सम्पन्न नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित । २०५७ देखि २०५८ सम्म नेकपा (माओवादी)को म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज । २०५८ देखि २०६० सम्म नेकपा (माओवादी)को भेरी कर्णाली क्षेत्रीय ब्युरो अन्तर्गत डोल्पा, जाजरकोट, दैलेख र सुर्खेतको पार्टी इन्चार्ज ।
२०६६ देखि २०६९ सम्म एकीकृत नेकपा (माओवादी) पार्टीको मगराात राज्य समितिको सेक्रेटरी ।
२०६९ असारदेखि २०७० सम्म एकीकृत नेकपा (माओवादी)को थारुवान राज्य इन्चार्ज । २०७१ देखि २०७२ सम्म नेकपा (क्रान्तिकारी माओवादी)को पश्चिम मगराात इन्चार्ज । २०७३ को पार्टी एकीकरणपछि नेकपा (माओवादी केन्द्र) पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक ।