राजनीतिक आबद्धता
२०२७ सालमा तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनको आरम्भ । २०३१ मा गाउँ कमिटी सदस्य हुँदै २०३९ मा इलाका कमिटी सदस्य । २०५० सालदेखि २०६५ सम्म जिल्ला कमिटीमा आवद्ध । २०६६ देखि २०७० सम्म नेकपा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य । २०७१ नेकपा एमालेको केन्द्रीय सदस्य । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ ।
संसदीय यात्रा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ र ०५६ मा पाल्पा २ बाट निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०७० मा पाल्पा २ बाटै निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पाल्पा २ बाट निर्वाचित । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति सदस्य ।
विशेष जिम्मेवारी
प्रतिनिधिसभा परराष्ट्र तथा मानव अधिकार समिति सभापति २०५६ । संविधानसँग असन्तुष्टि राख्ने विभिन्न राजनीतिक दल र सशस्त्र संगठनसँग वार्ताका लागि सरकारले गठन गरेको
समिति संयोजक २०७५ ।
कार्यकारी जिम्मेवारी
पूर्व उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री
राजनीतिक घटनाक्रम
आठ महिना भूमिगत राजनीति र राजनीतिक आन्दोलका क्रममा एक महिनाभन्दा बढी जेलमा ।