राजनीतिक आबद्धता
विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेको । राजनीतिक रुपमा २०५२ सालबाट माओवादीमा आबद्ध भई सशस्त्र संघर्षमा सहभागी हुँदै २०५७ मा केन्द्रीय सदस्य । माओवादी पोलिटब्यूरो सदस्य २०६२ । माओवादी केन्द्रको स्थायी समिति सदस्य२०७१ । पार्टीका अञ्चल र विभिन्न ब्यूरोमा इञ्चार्जको भूमिकामा रहेर कार्यसम्पादन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य २०७५ ।