राजनीतिक आबद्धता
२०३६ सालको जनमत संग्रहमा विद्यार्थी छँदा (१६ वर्षको उमेर) बहुदलका पक्षमा सहभागी ।
२०४२ सालमा नेविसंघको सदस्यता प्राप्त ।
२०४६ को आन्दोलनमा सक्रिय सहभागी २०४६ देखि २०५२ सम्म दुई कार्यकाल नेविसंघको केन्द्रीय सदस्य ।
२०५४ मा तरुण दलको केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारी ग्रहण ।
नेपाली कांग्रेसको ११औं, बाह्रौं र तेह्रौं महाधिवेशनमा तीनपटक केन्द्रीय सदस्य निर्वाचित ।
२०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित ।
त्यसपछि संविधानसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्वेवारी ।
२०७७ सालमा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजकको जिम्मेवारी प्राप्त ।
२०७८ साल फागुनमा भएको महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सह-महामन्त्रीमा निर्वाचित ।