राजनीतिक आबद्धता
नेविसंघ जिल्ला सदस्य २०४३ । नेविसंघ कर्णाली काठमाडौं सर्म्पक समितिको सभापति २०४६ । नेपाली कांग्रेस आठौं झापा महाधिवेशनको परिवेक्षक महाधिवेशन प्रतिनिधि २०४८ । पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव २०५० । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य २०४९ । महाधिवेशन प्रतिनिधि २०५२ । पार्टी तर्फबाट स्थानीय निर्वाचन २०५४ मा जिल्ला विकास समिति मुगु उपसभापतिको उम्मेदवार भई पराजित । नेपाली कांग्रेस प्रजातान्त्रिक मुगु सभापति २०५९ । पार्टी एकीकरण भई २०६७ मा पुनः पार्टी सभापति, फेरि पार्टीको महासमिति सदस्य २०७२ । पार्टी जिल्ला अधिवेशनबाट पुनः पार्टी सभापतिमा निर्वाचित २०७८ ।