राजनीतिक आबद्धता
२०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा सहभागी । वि.स.२०४० सालमा एस.एल.सी. उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि राजधानी गएपछि भण्डारी विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागी । २०४६ सालको परिवर्तनपछि भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिमा निरन्तर रुपमा सक्रिय । नेविसंघको राजनीतिमा सक्रिय हुने क्रममा २०४८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको क्याम्पस इकाई सभापति र २०४९ मा स्ववियू सभापति । भण्डारीले २०५३ सालदेखि भने पार्टी राजनीतिमा समेत सहभागिता । २०५३ सालमा महाधिवेशन प्रनिनिधि । हालका गृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी
पार्टीको १२ औं महाधिवेशनमा १९ औं नम्बरमा केन्द्रीय कार्य समितिमा निर्वाचित । त्यसपछि केन्द्रीय सदस्य भण्डारी लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै । भण्डारीले दुई पटक सम्म तरुण विभागको जिम्मेवारीसमेत सम्हालेका ।