राजनीतिक आबद्धता
वि.सं २०३५ सालदेखि राजनीतिमा प्रवेश । वि.सं २०३६ सालमा तत्कालीन नेकपा (माले) को सबैभन्दा तल्लो युनिट रेडगार्ड स्क्वायडमा संगठित । २०३९ सालमा पश्चिमोत्तर क्षेत्रीय कमिटीको सदस्य । २०४६-०४७ को ऐतिहासिक जनआन्दोलनले बहुदलीय व्यवस्था स्थापना नगरूञ्जेल निरन्तर भूमिगत र त्यस अवधिमा कास्की, स्याङजा, बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको पार्टी प्रमुख (सचिव) भई कार्यरत । वि.सं. २०४९ मा सम्पन्न पाचौं महाधिवेशनदेखि निरन्तर रूपमा केन्द्रीय कमिटीको सदस्य तथा हाल स्थायी कमिटीको सदस्य एवं प्रदेश नम्बर ४ को संयोजक
हाल– स्थायी कमिटी सदस्य संघीय मामिला विभाग प्रमुख
हाल –संघीय मामिला तथा सामान्य प्रशासन विभाग
संसदीय यात्रा
प्रतिनिधिसभा सदस्य (तनहुँ) क्षेत्र नं. ३ (२०४८) बाट निर्वाचित, संविधानसभा सदस्य तनहुँ क्षेत्र नं. ३ (२०६४) बाट निर्वाचित, प्रदेश सभा तनहुँ क्षेत्र नम्बर २ (ख) बाट २०७४ सालमा सदस्य निर्वाचित ।
कार्यकारी जिम्मेवारी
वन तथा भू–संरक्षण मन्त्री (वि.सं.२०६५) ७ महिनाका लागि
२०६४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर–२ ख बाट प्रदेश सभामा निर्वाचित गण्डकी प्रदेश सरकारका अर्थमन्त्री
राजनीतिक घटनाक्रम
वि.सं.२०३६ सालदेखि २०४७ सम्म भूमिगत पेशेवर कार्यकर्ताको रूपमा गण्डकी र धौलागिरी अञ्चलमा कार्यरत । अर्थात तत्कालीन नेकपा (माले ) को भूमिगत कार्यकर्ता ।
भूमिगत नामः कमरेड सुमन
पृथ्वीनारायण क्याम्पसलाई आधार मानी बनाइएको यो भूमिगत संगठन तत्कालीन माले पार्टीको कास्की जिल्लाको पहिलो संगठन थियो । त्यसै दिनदेखि भूमिगत नामको समेत न्वारण भयो क.सुमन । भूमिगत कालभरि यही नामले परिचित ।