राजनीतिक आबद्धता
२०३६ सालबाट विद्यार्थी राजनीतिमा आबद्ध भई राजनीतिक जीवन प्रारम्भ । नेपाल विद्यार्थी संघ त्रिविवि समिति उपाध्यक्ष । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य । नेपाल तरुण दलको केन्द्रीय सदस्य । कांग्रेस महासमिति सदस्य २०४८ सालदेखि २०६५ सालसम्म । नेपाली कांग्रेस केन्द्रीय सदस्य ।
संसदीय यात्रा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा बारा १ बाट निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०६४ मा बारा ५ बाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य २०७४ मा बारा १ बाट विजयी ।
कार्यकारी जिम्मेवारी
सहायकमन्त्री कृषि तथा सहकारी (२०५९) । स्वास्थ्य तथा जनसंख्यामन्त्री (२०६४) । खानेपानी तथा सरसफाई मन्त्री (२०७९ )।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा र बन्दी जीवन समेत व्यतित । २०३६, २०४२, २०४६, २०६२/०६३ को राजनीतिक आन्दोलनमा सहभागी ।