राजनीतिक आबद्धता
२०३७ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिई राजनीतिक यात्रा प्रारम्भ । एमालेमा केन्द्रीय सदस्य र पार्षद । २०६२/०६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी स्थापना र महासचिव । तमलोपा परित्याग गरी तराई मधेश सद्भावना पार्टीको स्थापना र नेतृत्व गर्दै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य ।
संसदीय यात्रा
मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित । २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट
निर्वाचित । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही ४ बाट विजयी । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सर्लाही २ बाट निर्वाचित । हाल विकास तथा प्रविधि समिति सदस्य ।
कार्यकारी जिम्मेवारी
२०५४ सालमा राज्यमन्त्री । २०६४ मा सिँचाइमन्त्री । ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा ।