राजनीतिक आबद्धता
२०२८/०२९ सालमा अनेरास्ववियुबाट औपचारिक राजनीतिमा प्रवेश । अनेरास्वववियु प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित (२०३७) । २०३३ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात । २०५४ सालदेखि एमालेको केन्द्रीय कमिटी सदस्य । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य (२०७६) । हाल एमालेमा आबद्ध ।
संसदीय यात्रा
संविधानसभा सदस्य उपनिर्वाचन २०६५ मा धनुषा-५ बाट निर्वाचित । संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह । संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा धनुषा ४ बाट निर्वाचित ।
कार्यकारी जिम्मेवारी
जलस्रोत तथा सिँचाइमन्त्री (२०६८), भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०७४ फागुनदेखि २०७६ मंसिर ४ गतेसम्म ।
राजनीतिक घटनाक्रम
२०२८/०२९ को संघर्षको क्रममा २७ दिन थुनामा । राजनीतिक आन्दोलनको क्रममा पटक/पटक गरी १३ महिना थुना र जेल जीवन ।