राजनीतिक आबद्धता
स्नातक अध्ययनका क्रममा २०२८/२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा । २०२८ सालबाट राजनीतिमा निरन्तर क्रियाशील । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र मालेमा संगठित । एमालेको
केन्द्रीय न्यायिक समिति सदस्य हुँदै नेकपा स्थायी कमिटी सदस्य २०७५ । हाल नेकपा (एमाले) उपाध्यक्ष ।
संसदीय यात्रा
२०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य । लगत्तै पुनः राष्ट्रियसभा सदस्य । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम २ बाट निर्वाचित । संविधानसभा निर्वाचन २०६४ र २०७०
मा इलाम २ बाट निर्वाचित । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित ।
विशेष जिम्मेवारी
पुनःस्थापित प्रतिनिधिसभा सभामुख २०६३ । व्यवस्थापिका संसद सभामुख २०६४ । संविधानसभा अध्यक्ष/सभामुख २०६५ र २०७० । रुपान्तरित व्यवस्थापिका सभामुख २०७२ ।
कार्यकारी जिम्मेवारी
न्याय कानुन तथा संसदीय राज्यमन्त्री २०५१ । पछि न्याय, कानुन तथा संसदीय मन्त्री, सामान्य प्रशासन मन्त्री, स्थानीय विकासमन्त्री ।
राजनीतिक घटनाक्रम
पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजर बन्द । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना कैद ।