राजनीतिक आबद्धता
२०४९ मा बाल्मिकी क्याम्पसमा नेवि संघ इकाई सचिव भएका पाण्डे २०५० मा नेविसंघ बाजुराको जिल्ला अध्यक्ष भएका थिए । २०५३ मा बाल्मिकी क्याम्पसको स्ववियू सभापति भएका उनी २०५६ मा नेविसंघको केन्द्रीय सदस्य, २०५७ मा सहमहामन्त्री, २०५९ मा उपाध्यक्ष र २०६२ मा महामन्त्री भएका थिए । पाण्डे २०६७ मा पहिलो पटक नेपाली कांग्रेस केन्द्रीय सदस्य भएका उनी २०७२ साल दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित थिए । २०७८ मा भएको १४औं महाधिवेशनमा उनी केन्द्रीय सह–महामन्त्री निर्वाचित भएका हुन् ।