राजनीतिक आबद्धता
२०३५ सालदेखि अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष हँुदै राजनीतिमा सक्रिय ।
२०४८ सालमा पार्टी संगठित सदस्यता प्राप्त । पार्टीको क्षेत्रीय कमिटी अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय । २०५१ सालमा जिल्ला कमिटी सदस्य । २०५१ देखि लगातार जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, कार्यालय सदस्यको जिम्मेवारी वहन । तत्कालीन नेकपा विभाजनपश्चात् जिल्ला अध्यक्षको जिम्मेवारी ।
केही समय नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्यका रुपमा जिम्मेवारी वहन । २०७८ सालमा नेकपा (एमाले) जिल्ला कमिटी नवलपरासीको अध्यक्षमा निर्वाचित ।