राजनीतिक आबद्धता
पञ्चायतकालीन समयमा २०४३ सालमा जनपक्षीय उमेदवार वीरेन्द्र पोखरेललाई सहयोग गर्दै बजगाईले राजनीतिक यात्रा सुरु गरेका थिए । सक्रिय राजनीतिमा भने उनी २०४५ पछि सक्रिय बने । २०४५ मा नेविसंघको सदस्य, २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिए । २०४८ सालमा गणेशमानसँग केन्द्रीय जनजागरण अभियानमा समेत सहभागी बने । कांगेसको १२औं महाधिवेशनमा महासमिति सदस्य, १३ औं र १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको चुनाव लडे पनि बजगाई पराजित बने । बजगाई पर्यटन व्यवसायीसमेत हुन् ।