राजनीतिक आबद्धता
शिवप्रसाद हुमागाईंले वि. सं २०३६ सालदेखि राजनितिक यात्रा सुरु गरेका हुन् । ४३ वर्षदेखि नेपाली कांग्रेसकै राजननीतिमा सक्रिया रहेका हुमागाईं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व सांसद हुन् । विभिन्न समयमा जिल्ला सभापतिको भूमिका निर्वाह गर्दै आएका हुमागाईंलाई १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको रुपमा उनले भूमिका निर्वाह गरेका थिए ।
संसदीय यात्रा
२०५६ सालमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका उनले काभ्रे क्षेत्र नं २ बाट २५ हजार ३ सय ९० मत प्राप्त गरेका थिए । २०६२–२०६३ सालको जनआन्दोलनको बलमा पुनर्स्थापित संसदमा उनी सदस्य थिए । २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्रत्याशी रहेका उनले २०७४ सालमा भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाको चुनावी कमान्ड सम्हालेका थिए ।
विशेष जिम्मेवारी
२०३६–२०३९ सालमा नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भइसकेका थिए । २०३९ देखि २०४१ सम्म नेविसंघ काभ्रेको सचिव भएर काम गरेका उनले २०४२ देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिको रुपमा नेतृत्व गरे । उनले २०४८ देखि २०५१ सम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी भूमिका निर्वाह गरेका थिए ।
राजनीतिक घटनाक्रम
२०४२ सालको सत्याग्रहमा नख्खु जेलमा बसेका उनले पटक–पटक जेल जीवन बिताएका छन् । २०६२/६३ सालको जनआन्दोलनमा उनकै नेतृत्वमा बागबजारमा कर्फ्यू तोडिएको थियो ।