राजनीतिक आबद्धता
२०३६ सालको जनमत संग्रहताका ताप्लेजुङको सिनाम माविबाट विद्यार्थी राजनीतिमा प्रवेश । त्यो समयमा तत्कालीन पञ्चायतबाट सत्ताको नजरबन्दमा परेका थेवे २०३९ सालमा झापा झरेपछि २०४२ देखि पार्टीको सम्पर्कमा आएका थिए । २०४६को जन आन्दोलनमा प्रत्यक्ष सहभागी थेवे तत्कालीन कुमरखोद गाविसको अध्यक्षमा निर्वाचित भए । क्षेत्रीय सदस्य, जिल्ला सदस्य, उपाध्यक्ष हुँदै हाल जिल्ला सभापति रहेका थेवे २०७० मा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । तर, एमालेका नेता एलपी सावासँग पराजित भएका थिए ।