राजनीतिक आबद्धता
२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्रा आरम्भ । २०४६ सालको जनआन्दोलनपछि दलीय राजनीतिमा सक्रिय । २०४७ सालमा नेपाल सद्भावना पार्टीमा
आबद्ध । सद्भावनामा पार्टी प्रवक्ता, महासचिव, उपाध्यक्ष, र अध्यक्ष हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य । हाल लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध ।
संसदीय यात्रा
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा धनुषा ३ बाट प्रत्यक्ष निर्वाचित । २०५६ को प्रतिनिधिसभा सदस्यमा सर्लाही २ तथा अन्तरिम व्यवस्थापिकामा सदस्य चयन । संविधानसभा सदस्य निर्वाचन २०६४ मा सर्लाही १ बाट निर्वाचित भई संविधानसभा र समितिमा विभिन्न जिम्मेवारीमा रहेको ।
कार्यकारी जिम्मेवारी
२०६३ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री । २०६५ र २०६६ मा वाणिज्य तथा आपूर्तिमन्त्री । २०६८ मा स्वास्थ्यमन्त्री । २०५१ सालमा उच्चस्तरीय नागरिकता आयोगको सदस्य ।