राजनीतिक आबद्धता
रिजालका बुवा मेघराज उपाध्याय राणाविरुद्धको आन्दोलनमा सक्रिय सहभागी । रिजालले विरासतमै राजनीति पाएका हुन । २०२७ मा नेपाल विद्यार्थी संघ गठन हुँदा रिजाल विरगंजको ठाकुर राम बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व । नेवि संघको जिल्ला उपसभापति । २०३४ देखि २०४८ सम्म कांग्रेसको जिल्ला सचिव भए । २०५२ मा पार्टीको जिल्ला सभापति । कांग्रेस विभाजित हुँदा उनी प्रजातान्त्रिक काङ्ग्रेसको केन्द्रीय सदस्य भए । पार्टी एकीकरण भएदेखि रिजाल केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन् ।