राजनीतिक आबद्धता
पेशाले निर्माण व्यवसायी साह करिब साढे तीन दशकदेखि राजनीतिमा पनि सक्रिय छन् । २०४० सालमा कक्षा आठ पढ्दै गर्दा तत्कालीन पञ्चायती व्यवस्थाविरोधी अभियानका क्रममा अनेरास्ववियुको सदस्य भएका साहले २०४८ सालमा रघुनाथपुरमा पहिलोपटक आफ्नै अगुवाइमा एमाले पार्टीको संगठन निर्माण गरे । २०६७ सालमा जिल्ला सदस्य र क्षेत्रीय इन्चार्जको भूमिका निर्वाह गरेका उनी अहिले जनमत पार्टीमा आबद्ध छन् ।