राजनीतिक आबद्धता
२०३८ सालमा अनेरास्ववियुमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ । २०४७ मा अनेरास्ववियु अछाम जिल्ला कमिटीको अध्यक्ष । २०४९ मा एमाले जिल्ला कमिटी सचिवालय सदस्य । २०५४ देखि २०६२ सालसम्म एमाले अछाम जिल्ला कमिटी उपसचिव । २०६२ देखि ०६६ सालसम्म एमाले जिल्ला कमिटी सचिव । २०६९ देखि ०७५ सालसम्म एमाले जिल्ला कमिटी अध्यक्ष । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य । २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूर पश्चिम प्रदेशकमिटी सदस्य । हाल एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एवं अछाम जिल्ला इन्चार्ज ।