राजनीतिक आबद्धता
२०४९ सालमा एमाले निकट अछाम काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भई क्रियाशील रहेका रावल २०५३ मा त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुमा आवद्ध भएका थिए । २०५६ सालमा नेकपा एमाले टीकापुर नगर कमिटी सदस्य भएका उनी त्यसपछिका दुुई कार्यकाल नगर कमिटी प्रमुृख (सविच) भएर कार्य गरेका थिए । त्यसपछि जिल्ला कमिटी कैलालीको सदस्य हुँदै हाल एमाले सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको सचिवालय सदस्य रहेका छन् ।