राजनीतिक आबद्धता
विद्यार्थी संगठन अनेरास्ववियुबाट २०३३ सालदेखि सक्रिय राजनीतिमा आवद्ध । २०३३ मै अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भई २०४४ सालदेखि २०४८ सम्म अनेरास्ववियुको
महासचिव । २०३५ सालमा तत्कालीन कोआर्डिनेशन कमिटी (माले) बाट औपचारिक रुपमा पार्टीगत राजनीतिको सुरुवात । नेकपा एमाले रुपन्देहीको सचिव हुँदै २०६५ सालमा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित । २०७१ सालमा तत्कालीन एमालेको उपमहासचिवसम्मको जिम्मेवारी ।
संसदीय यात्रा
२०५३ सालको उपनिर्वाचनमा क्षेत्र नम्बर २ रुपन्देहीबाट निर्वाचित भएर विभिन्न संसदीय फाँटको जिम्मेवारी । संघीय संसद्को प्रतिनिधिसभामा क्षेत्र नम्बर ३ रुपन्देहीबाट निर्वाचित ।
विशेष जिम्मेवारी
२०७६ मंसिर ४ गतेबाट कृषि विकास मन्त्रालयको जिम्मेवारी । २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी बिना विभागीय मन्त्री ।
कार्यकारी जिम्मेवारी
२०७६ मंसिरदेखि १३ महिना कृषि तथा पशुपंक्षी विकासमन्त्रीको जिम्मेवारी । २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी बिना विभागीय मन्त्री ।
राजनीतिक घटनाक्रम
महत्त्वपूर्ण राजनीतिक आन्दोलनमा सहभागी तथा अग्रणी भूमिका निर्वाह । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरेर ३ वर्षसम्म जेल ।