राजनीतिक आबद्धता
नेपाली कांग्रेस
संसदीय यात्रा
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा धनकुटाको तत्कालीन क्षेत्र नम्बर २ बाट राप्रपाबाट निर्वाचित
विशेष जिम्मेवारी
२०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।
कार्यकारी जिम्मेवारी
२०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। २०७४ को संसदीय निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधि सदस्यमा चुनाव लडेका थापा नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए ।
राजनीतिक घटनाक्रम
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गरी सह महामन्त्री बनेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट केन्द्रीय सदस्यमा निर्वाचित थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।