विवेकशील साझा पार्टी

सामाजिक कार्य गर्दै आएका युवाहरूले संविधानसभा–२ पछि उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली दल गठन गरेका थिए । २०१२ मे २८ मा यो दलको विधिवत् दर्ता भएको थियो । युवा उद्यमी र सामाजिक परिचालकहरूको राजनीतिमा सहभागिता आवश्यक छ भन्ने उद्देश्यसाथ यो दलको गठन गरिएको थियो ।

सुरूमा यो दलले समाजमा राम्रै छाप छाड्न पनि सफल भएको थियो किनभने यसमा सबै तरूणवयका युवायुवतीहरू जो अन्य दलमा आवद्ध थिएनन् त्यस्ताको संलग्नता थियो । सबैको एकै मन, एकै चाहना र उद्देश्य राजनीतिलाई समाजसेवाको साधन बनाउने ध्येय देखिन्थ्यो । तर जब विवेकशील र रवीन्द्र मिश्रको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बन्यो अनि यसमा विभिन्न खालका विकृति र विखण्डन देखिन थाले ।

अन्ततः रवीन्द्र मिश्रले संघीयताको खारेजीस“गै राजतन्त्रको पक्षमा आफूलाई उभ्याएपछि यस दलका अग्रगमनकारी युवाहरू बिलखबन्दमा परे ।

‘पार्टी भन्दा देश’ माथि भन्दै मिश्र विवेकशील साझाबाट अलग्गिएर राप्रपामा प्रवेश गरेपछि विवेकशील छिन्नभिन्न जस्तै बनेको छ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र थिए । २०१७ जुलाई २६ मा साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भई विवेकशील साझा पार्टी स्थापना भएको थियो । मिश्र यो पार्टी छाडेर राप्रपामा गएपछि यसको अध्यक्ष समीक्षा बा“स्कोटा बनेकी छन् । यो दलको चुनाव चिन्ह ‘तराजु’ हो ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा
सुनसरी
निर्वाचन क्षेत्र उम्मेदवार
विजय्कुमार बस्नेत
उम्मेदवार (क) उम्मेदवार (ख)
- -
बारा
निर्वाचन क्षेत्र उम्मेदवार
अमिरी साह तेली
सुनिल प्र साह कलवार
उम्मेदवार (क) उम्मेदवार (ख)
- -
डम्बरबहादुर खत्री धनञ्जयप्रसाद यादव
काठमाडौं
निर्वाचन क्षेत्र उम्मेदवार
शंकर बन्जाडे
धनेज थापा
अजित खड्का
१० सनन श्रेष्‍ठ
उम्मेदवार (क) उम्मेदवार (ख)
- -
- -
- -
- -
ललितपुर
निर्वाचन क्षेत्र उम्मेदवार
-
उम्मेदवार (क) उम्मेदवार (ख)
समुन्द्र के.सी. -