नेपाली कांग्रेस

२००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने राजनीतिक दल हो । यसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए । बीपी कोइराला नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र महेन्द्रविक्रम शाह नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेस मिलेर २००६ साल चैतमा नेपाली कांग्रेस बनेको हो । चारतारे झण्डा अंकित यस दलको चुनाव चिन्ह 'रूख' हो ।

राणा शासन फाल्नेदेखि राजतन्त्रको अन्त्य गर्नेसम्मका जनक्रान्ति र आन्दोलनको नेपाली कांग्रेसले नेतृत्व गरेको इतिहास छ । हालसम्म यस दलमा बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति भइसके । अहिले यस दलका सभापति शेरबहादुर देउवा हुन् ।

राणा शासन फ्याँकेर प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने उद्देश्यसाथ ७६ वर्षअघि स्थापना भएको यो नै मुलुकको पहिलो राजनीतिक संगठन हो जसको देशैभरि सांगठनिक संरचना रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा