राजनीतिक घटनाक्रम
साझा पार्टीको केन्द्रीय सदस्य हुँदै मियाँ राजनीतिमा प्रवेश गरे । २०७४ सालमा स्थापना भएको उक्त पार्टीमा मियाँ सबैभन्दा कान्छा केन्द्रीय सदस्य थिए । साझा र विवेकशील एकता भएपछि उनी युवा संगठनको अध्यक्ष भए । सचिवालय सदस्यको जिम्मेवारीमा रहे । २०७९ असोज ६ गते उनी नेकपा एमाले प्रवेश गरे । उनी एमालेका साधारण सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नु अघि मियाँ युवा अभियानमा सक्रिय थिए ।