राजनीतिक आबद्धता
२०२४ सालदेखि राजनीतिक जीवन प्रारम्भ । २०२७ सालमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोसी प्रान्तीय कमिटी) बाट सदस्यता । झापा आन्दोलनबाट प्रभावित भएर २०३० मा आन्दोलनकारीसँग सम्पर्क स्थापित तथा भूमिगत राजनीति । २०३५ सालमा नेकपा (मालेको संस्थापक केन्द्रीय सदस्य । २०४७ मा स्थापना भएको नेकपा (एमाले)को केन्द्रीय सदस्य । २०५४ मा एमालेको पोलिटब्युरो तथा स्थायी समिति सदस्य । २०६५ मा एमाले महासचिव र २०७० मा पुनः महासचिव । २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय सदस्य । हाल एमालेको वरिष्ठ उपाध्यक्ष ।