पुर्चौडी नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार दीपकबहादुर बम ४,३६२ मतका साथ अग्रस्थानमा छन् । बमलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णबहादुर कुँवरले २,९९६ मत ल्याएका छन् ।
पुर्चौडी नगरपालिका बैतडी जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ३८,६६६ रहेको छ भने कुल मतदाता संख्या २०,९५७ रहेको छ । जसमा १०,३९८ पुरुष र १०,५५९ महिला रहेका छन् । यस नगरपालिकामा १० वडा छन् ।