बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार सम्भुलाल श्रेष्ठ १०,३२७ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धिरज शर्मा (बस्याल)ले ८,७३३ मत ल्याएका छन् ।
बर्दघाट नगरपालिका नवलपरासी(पश्चिम) जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ७५,०१७ रहेको छ भने कुल मतदाता संख्या ५०,६३१ रहेको छ । जसमा २३,९३९ पुरुष र २६,६९२ महिला रहेका छन् । यस नगरपालिकामा १६ वडा छन् ।