ब्यास नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार बैकुण्ठ नाथ न्यौपाने ११,११७ मतका साथ अग्रस्थानमा छन् । न्यौपानेलाई पछ्याइरहेका स्वतन्त्रका दिपकराज जोशीले १०,६९२ मत ल्याएका छन् ।
ब्यास नगरपालिका तनहुँ जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ८०,९४४ रहेको छ भने कुल मतदाता संख्या ४७,५४२ रहेको छ । जसमा २२,४१३ पुरुष र २५,१२९ महिला रहेका छन् । यस नगरपालिकामा १४ वडा छन् ।