कावासोती नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विष्णुप्रसाद भुसाल १४,०११ मतका साथ अग्रस्थानमा छन् । भुसाललाई पछ्याइरहेका नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२,५९४ मत ल्याएका छन् ।
कावासोती नगरपालिका नवलपरासी(पूर्व) जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ८७,१७६ रहेको छ भने कुल मतदाता संख्या ५५,३३० रहेको छ । जसमा २५,८८९ पुरुष र २९,४३९ महिला रहेका छन् । यस नगरपालिकामा १७ वडा छन् ।