ईच्छाकामना गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार दानबहादुर गुरुङ ४,५५६ मतका साथ अग्रस्थानमा छन् । गुरुङलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले ३,३८८ मत ल्याएकी छन् ।
ईच्छाकामना गाउँपालिका चितवन जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या २६,९६५ रहेको छ भने कुल मतदाता संख्या १५,६३४ रहेको छ । जसमा ८,२४२ पुरुष र ७,३९२ महिला रहेका छन् । यस गाउँपालिकामा ७ वडा छन् ।