मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार सुरेन्द्र श्रेष्ठ १४,७९७ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मदन सुन्दर (जगुलु) श्रेष्ठले १०,८७३ मत ल्याएका छन् ।
मध्यपुर थिमी नगरपालिका भक्तपुर जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या १,१९,९५५ रहेको छ भने कुल मतदाता संख्या ४१,८४२ रहेको छ । जसमा २०,५३१ पुरुष र २१,३०८ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।